मुस्ताङमा जुवातास खेलिरहेको अवस्थामा स्याङ्जा र तनहुँका  ६ जना प्रकाउ

मुस्ताङ | जेठ १७, २०८०

मुस्ताङमा जुवातास खेलिरहेको अवस्थामा स्याङ्जा र तनहुँका  ६ जना प्रकाउ

मुस्ताङ:   मुस्ताङको घरपझोङ गाउँपालिकामा जुवातास खेलिरहेको अवस्थामा स्याङ्जा र तनहुँका ६ जनालाई मुस्ताङ प्रहरीले प्रकाउ गरेको छ । 


घरपझोङ गाउँपालिका ४ स्थित स्याङ्जाको विरुवा गाउँपालिका घर भएका कुलमानसिँह थापाले सञ्चालन गरेको होटलबाट जुवातास खेलिरहेका ६ जनालाई ३ बुक तास र ७३ हजार ५० रुपैयाँसहित प्रकाउ गरिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए । 


उनका अनुसार प्रकाउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका घर भएका  कृष्ण गुरुङ, म्याग्दे गाउँपालिका घर भएका राजेन्द्र थापा, रामबहादुर थापा, स्याङ्जाको विरुवा गाउँपालिका घर भएका टापबहादुर थापा, पुतलिबजार नगरपालिका घर भएका धनबहादुर गुरुङ र जुवातास खेलाएको आरोपमा होटल सञ्चालक कुलमान सिँह थापालाई प्रकाउ गरिएको हो । 


जुवातास खेलिरहेको अवस्थामा प्रकाउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट प्रहरी हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान भइरहेको मुस्ताङ प्रहरीले जनाएको छ । 


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्